दाङ । दाङमा ७३ वर्षीया वृद्धालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिकलाई प्रहरीले वृद्धमाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् । सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए ।
त्यसपछि पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

















