इटहरी। बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश , लुम्बिनी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, बिहीबार राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एकरदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

















