No Result
View All Result
Friday, February 6, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशी प्रदेशमा बजेट शून्यताको जोखिम

फलैचा न्यूज by फलैचा न्यूज
असार २६, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
बजेट अधिवेशनको पहिलो बैठक आज
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक नल्याए पनि भदौको दोस्रो सातासम्म कार्यान्वयनमा जाने भएको छ ।

कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी त्यसको भोलिपल्ट जेठ ३२ गते अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।

उक्त बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उक्त बजेट अध्यादेश गत असार १४ गते बसेको प्रदेशसभाको बैठकमा पेश भएको छ । तर, पारित भएको छैन । अहिले सरकारमा भएका राजनीतिक दलहरुले त्यसबेला प्रदेशसभामा पेश भएको उक्त अध्यादेशलाई अस्वीकार गर्दै विरोधको सूचनाको प्रस्ताव पेश गरेका छन् ।
कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले छुट्टै र माओवादीका सांसद नारायणबहादुर मगर, एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बू र हालका मन्त्री कमलप्रसाद जबेगुले पनि संयुक्त रूपमा अध्यादेश अस्वीकारको सूचना दर्ता गराएका    हुन्छ ।

नवनियुक्ति आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्यले बजेट शून्यतामा नजाने र प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याइने बताए । ‘नयाँ सरकारले प्रतिस्थापन विधेयकमार्फत् अर्को बजेट ल्याउँछ,’ उनले भने, ‘बजेट शून्यतामा जाँदैन । प्रतिस्थापन विधेयक पारित नहुँदासम्म अध्यादेश कार्यान्वयन हुन्छ ।’

संसदमा राखिएको अध्यादेश अस्वीकारसम्बन्धी सूचना दलहरुले फिर्ता लिने र प्रतिस्थापन विधेयक ल्याउने उनले   बताए । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि बजेट शून्यतामा नजाने बताए ।

‘प्रतिस्थापन विधेयक आयो भने आउँछ, नभए ६० दिनसम्म अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनमा जान्छ,’ उनले भने, ‘यहाँ कुनै कन्फ्युजन नै छैन ।’

नयाँ सरकारले पहिले विश्वासको मत लिनुपर्ने अवस्था छ । यस्तै, सरकार गठन प्रक्रियाका बारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको किनारा लाग्न पनि बाँकी छ ।

यही बीचमा प्रतिस्थापन विधेयक ल्याएर संसदबाट पारित गराउन भने सत्ता पक्षलाई समस्या पर्ने देखिएको छ । असार १४ गते संसदमा पेश गरेको अध्यादेश ६० दिनभित्र प्रदेशसभाबाट पारित नभए स्वतः निस्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

यसको लागि सरकारले भदौको दोस्रो साताभित्रमा प्रतिस्थापन विधेयक संसदमा ल्याएर पारित गर्नु पर्नेछ ।

ShareTweetPin
Previous Post

झापामा ब्राउनसुगर सहित ५ जना पक्राउ

Next Post

आज हावाहुरी सहित सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post
आज हावाहुरी सहित सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज हावाहुरी सहित सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.