इटहरी । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

















