सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ५ स्थित बाँसबारी चोकमा गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैचा ५ का शिवनाथ आचार्य रहेका छन् । शुक्रबार विहान प्रदेश-१ ०२-०५० प ८०८४ नम्बरको बुलेट बाइकसहित आचार्यको शव पानीमा डुबेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
दुर्घटना कसरी के कारणले भयो भन्ने पोष्टमाटमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

















