लागूऔषध मुद्दाका फरार प्रतिवादी रन्जित खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–७ बस्दै आएका ३० वर्षीय उनलाई लागुऔषध सम्बन्धि मुद्दामा पक्राउ गरीएको हो ।
जिल्ला अदालत झापाको २०७८ साल मंसिर १६ को फैसलाले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएपछि खड्गी फरार भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।
आज फैसला कार्यान्वयनका निम्ति जिल्ला कारागार झापा लगिएको प्रहरीले जनाएको छ ।

















