No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बाढीपहिरोमा परी कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९ पुग्यो

फलैचा न्यूज by फलैचा न्यूज
असार ६, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
बाढीपहिरोमा परी कोसी प्रदेशमा मृत्यु हुनेको संख्या ९ पुग्यो
Share on FacebookShare on Twitter

इटहरी । बाढीपहिरोमा परी कोसी प्रदेशमा ९ जनाको मृत्यु भएको छ भने २७ जना वेपत्ता रहेका छन् ।
ताप्लेजुङ ३, पाँचथरमा ३, संखुवासभामा २ र भोजपुरमा १ जना गरी जम्मा ९ जनाको मृत्यु भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार साँझ १ जना पुरुषको शव फेला परेको थियो । सुपर हेंवा हाइड्रोपावरबाट बेपत्ता भएका पुरुषको शव सोमबार साँझ मृत अवस्थामा भेटिएको हो ।

उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । संखुवासभामा हालसम्म २ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जानकारी दिएको छ ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–४ की ८ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ घर भइ माउण्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २८ वर्षीय हेमराज भनिने संजोग लिम्बू र २५ वर्षीया एलिसा माझीको मृत्यु भएको छ ।

यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, मुखुभन्ज्याङका ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई र संखुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जानकारी दिएको छ ।

बाढी र पहिरोमा परेर संखुवासभामा २१, पाँचथरमा ३ र ताप्लेजुङमा ३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी राखिएको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

नेपाली सेनाको टोलीले पहिरोमा फसेकामध्ये पाँचथरबाट १२ र ताप्लेजुङबाट १ जनाको उद्धार गरेको छ । बाढी पहिरोमा परी संखुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ जना घाइते भएका छन् ।

हालसम्म १ सय ६३ परिवार विस्थापित बनेका छन् । ताप्लेजुङमा ८०, पाँचथरमा ६८ र संखुवासभामा १५ परिवार विस्थापित भएको तथ्यांक मन्त्रालयले जानकारी दिएको छ । संखुवासभामा २४, पाँचथरमा १०, ताप्लेजुङमा ६ र इलाममा ३ वटा घर क्षति भएको छ ।

४ जिल्लाका १६ वटा सडक अवरुद्ध बनेका छन् । पाँचथरमा ६, ताप्लेजुङमा ४, इलाम ३ र संखुवासभामा ३ गरी जम्मा १६ वटा सडक अवरुद्ध बनेका हुन् । पाँचथरमा १५, संखुवासभामा ६ र ताप्लेजुङमा २ वटा पुल क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । संखुवासभामा ८, पाँचथरमा ३ र ताप्लेजुङमा २ वटा हाइड्रो पावरमा क्षति पुगेको तथ्यांक मन्त्रालयले जनाएको छ ।

ShareTweetPin
Previous Post

चार लाख घुससहित अख्तियार इटहरीद्वारा तीन कर्मचारी पक्राउ

Next Post

टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने किशोरीको मृत्यु

Next Post
टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने किशोरीको मृत्यु

टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने किशोरीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.