No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन

फलैचा न्यूज by फलैचा न्यूज
असार ५, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेश सरकार र नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच आज भएको पहिलो चरणको वार्तामा कुनै निष्कर्ष निस्कन सकेन । दुवै पक्षबीच फेरि वार्ता गरिने भएको छ ।

प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा भएको वार्तामा ४ घण्टा छलफल भएको थियो । प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् ।

कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन हुन थालेपछि सरकारले वार्ताको आह्वान गरेको थियो ।

प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो ।

वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिचाईँ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी भएका थिए ।

पहिचान पक्षधरका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी थिए ।

प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा गरेर पहिचान पक्षधर आन्दोलित छन् । विराटनगर केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले राजनीतिक दलका शीर्ष नेता तथा कोशीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने गरिरहेका छन् ।

पहिचान पक्षधर वार्ता टोली सदस्य रामभक्त कुरुङबाङले फेरि बस्ने सहमति गरेर पहिलो चरणको वार्ता सम्पन्न गरिएको जानकारी दिए । उनले सरकारसँग वार्ता प्रारम्भ भएको र छलफल सकारात्मक दिशामा अगाडि बढेको बताए ।

ShareTweetPin
Previous Post

बिराटनगरमा कानूनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

बाढिपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत दिने सरकारको निर्णय

Next Post
बाढिपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत दिने सरकारको निर्णय

बाढिपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत दिने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.