इटहरी । नेपाल विद्युत प्राधिकरणले जानकारी नै नगराई विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलनमा उत्रिएका छन्।
विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतका संस्थाहरूले आन्दोलित बनेका हुन् ।
विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको उद्योगीहरूले बताएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार आइतबार विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरूले नियमित विजुली दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरिएको बताए ।
उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।