इटहरी । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सोमबार बि।ए र बिएड प्रथम वर्षको परीक्षा थियो ।
अंग्रेजी विषयको परीक्षा दिन आएकी सोही क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत रचना पुरीले आँफूमाथि शिक्षकबाटै अभद्र व्यवहार भएको आरोप लगाएकी छन् ।
पुरीले आँफूलाई चर्पी जानबाट रोकिएको र परीक्षा बीचमै छाड्न बाध्य बनाएको उनको आरोप छ।
सोमबार परीक्षा चल्दै गर्दा १ घण्टा ५० मिनेटको समयमा सर्ट ट्वाइलेटको लागि बाहिर गएको थिएँ,’ पुरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म ट्वाइलेट नजिकै पुग्दा त्यहाँ २ जना सर र म्याम बस्नुभएको रहेछ र म ट्वाइलेट जानु अगाबै मलाई सरले नजिक बोलाउनु भयो र म्यामले मेरो तलासी लिनुभयो ।असहज भएपछि ट्वाइलेट जान खोज्दा जान नमिल्ने र जानै पर्ने भए कापी खोसेर राख्ने भन्दै शिक्षकहरूले अभद्र व्यवहार गरेको उनको भनाइ छ ।
उनले लेखेकी छन्, ‘अन्त्यमा मेरो साथमा केही नहुँदा मलाई सरले तँ ट्वाइलेट नगई नछाड्ने होस् भने तेरो कापी खोसेर राख्छौं, लेख्छु भन्ने लागेको छ भने ट्वाइलेट जान पाउँदिनस् यहीँबाट आफ्नो कक्षामा फर्की भन्नुभयो ।’
उनले आफूलाई गाह्रो भएकोले ट्वाइलेट जान दिन आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर कक्षामा फर्किएको र सहनै नसक्ने भएपछि २० मिनेटमै कापी बुझाएर ट्वाइलेट गएको बताइन्। उनले सामाजिक सञ्जालमा शिक्षक शिक्षिकाको नाम भने खुलाएकी छैनन् ।
‘एउटा विद्यार्थीलाई ट्वाइलेट जान नदिने नियम टियुले किन राख्यो उनको प्रश्न छ, ‘यस्तै हो भने हाम्रो देश को भविष्य के होला र कहाँ सम्म पुग्ला ।
आँफू एक पात्र मात्रै भएको र परीक्षा दिने अधिकांश विद्यार्थीहरू सोही पीडामा परेको उनले बताइन् । आफ्नो गल्ती भए कारबाहीको भागीदार बन्न तयार भएको अन्यथा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक, कर्मचारीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।
कक्षामा गार्ड बसेका अर्का एक शिक्षकले पनि ती विद्यार्थीको व्यवहार अमर्यादित रहेको विद्यालय प्रशासनको आरोप छ ।