बिराटनगर । नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौले मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धान तालिम सम्पन्न गरेको छ ।
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम सम्पन्न भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा कोशी प्रदेशका बिभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरीहरुको उपश्थिती रहेको थियो ।
बिराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गते देखि संचालन भएको तालिममा अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, उच्च अदालतका पुर्व न्यायधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका प्रहरी नायव उपरीक्षक सुदिप प्रसाद पाठक लगायतका प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।