रामधुनी । सुनसरीको रामधुनी १ स्थित झुम्कामा नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै साई हस्पिटल प्रा.लि सञ्चालनमा आउने भएको छ ।
रामधुनी नगरपालिका र छिमेकी नगरपालिकामा बसोवास गर्ने बासिन्दाहरुलाई लक्षित गर्दै ओपिडि सेवा, बालरोग, स्त्रीरोग, तथा जनरल फिजिसियनको सेवा सहितको सुविधा सम्पन्न हस्पिटल आगमी चैत्र २४ गते देखि विधिवत रुपमा संञ्चालनमा आउने भएको हो ।
लामो समय देखी झुम्कामा साइ मेडिकल संचालन गरेर सेवा दिईरहेको साई हस्पिटल प्रा.लि.ले थप सेवाका साथ अस्पताल उद्घाटन गर्न लागेको हस्पिटल संचालक दुर्गा प्रसाद फुयालले जानकारी दिए ।
रामधुनी र आसपाका विरामीलाई स्वास्थ्य सेवा लिन अव विराटनगर, धरान जानु पर्ने बाध्यतालाई स्थानिय स्तरमै सेवा दिने उदेश्यका साथ हस्पिटल संचालनमा ल्याइएको संचालक फुयालले बताए ।
जेनेरल मेडिसिन, गाइनोक्लोजिष्ट, साइकोलोजिक, अर्थोपेडिक , सर्जरी, रेडियोलोजिस्ट सेवा, अपरेसन थ्रियटर सहित १५ शैयाको वेड सहितको हस्पिटल विधिवत रुपमा संचालनमा ल्याउन लागिएको उनले बताए ।
स्वास्थ्य सेवालाई गाउँ सम्म जोड्नका लागि महिला स्वास्थ्य सेविकाहरुलाई निशुल्क उपचार दिने गरेको र रोग बोकेर बसेका विरामीहरुलाई स्थानिय स्तरमै सेवा दिने उद्येश्यका साथ हस्पिटल संचालनमा ल्याइएको उनले बताए ।
हस्पिटल उद्घाटनको अवशरमा ओ.पि.डी निशुल्क र अन्य सेवामा विशेष छुटको व्यवस्था गरिएकोले रोग पालेर नबस्न संचालक फुयालले सबैमा आग्रह गरेका छन् । त्यस्तै हस्पिटलले आगामी चैत्र २७ गते रक्तदान कार्यक्रम राखेकोले सम्पूर्णलाई उपश्तिथ भई रक्तदान गर्न हस्पिटल प्रशाशनले सबैमा आग्रह समेत गरेको छ ।