इटहरी । झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ५ सय १९ मत ल्याउँदै चौधरी निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षकै उम्मेदवार भोला रौनियारले २ सय ७६ मत प्राप्त गरे भने दुर्गा फुयालले ४३, भरत कार्कीले ११ र सन्दिप गौतमले २० मत प्राप्त गरे।
प्रथम उपाध्यक्षमा ४ सय ११ मत प्राप्त गर्दै डिल्ली गुरगाई निर्वाचित भएका छन् । द्वितिय उपाध्यक्षमा सुरेश चौधरी ३ सय ४८ मतका साथ निर्वाचित भए ।
महा–सचिवमा ३ सय ५६ मत प्राप्त गर्दै प्रकाश बन्धु बस्नेत विजयी भएका छन् । कोषाध्यक्षमा ३ सय ३६ मत प्राप्त गर्दै सुनिल कुमार चौधरी विजयी भए ।
वाणिज्य सचिवमा लोकनाथ गेलाल, उद्योग सचिवमा सृजना भट्टराई, प्रचार प्रसार सचिवमा हरि कुमार कार्की विजयी भएका छन् ।
सदस्यहरुमा क्रमशः रोशन घिमिरे, जीवन थापा मगर, नोवेल चौधरी, लेखनाथ खतिवडा, शंकर साह डमरु, सम्भु साह र अच्यूत चौलागाई विजयी भएका छन् ।
चैत्र १९ गते निर्वाचन गर्ने कार्यतालिका बनाएपनि फर्जी सदस्य रहेको भन्दै मुद्दापरेपछि उच्च अदालत विराटनगरले केही दिन अघि तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश दिएको थियो ।
आइतबार अदालतले निर्वाचन गराउन सक्ने भनेपछि आइतबार साँझ बसेको निर्वाचन समितिको बैठकले सोमबार निर्वाचन गराएको थियो ।