इटहरी । नगरकै विकसित वडामा पर्ने दमक नगरपालिका वडा नं ५ मा उहाँले सुरक्षित तरिकाले अहिले सम्म सौच गर्न पाउनु भएको छैन ।
बासका चित्रा र केहि पुराना जस्ताले बेरेर बनाइएको शौचालय असुरक्षीत छ ।सुरक्षीत सेफ्टिी ट्याकी छैन । शौचालयको पछाडी पट्टि खाल्डो खनेर उहाँले फोहोर शौच थुपार्नु भएको छ ।
जसको दुर्घन्ध गाउँभर फैलन्छ । उहाँले आफुलाई यस्तो अवस्थाबाट मुक्त गराउन केहि थान रिङ स्थानिय सरकासँग माग गर्नु भएको छ ।
अझ कतिपय ठाउँमा त यस्ता जोखिमयूक्त ठाउँमा शौच गर्ने बनाइएको छ कि जहाँ अलिक बर्खामा शौच गर्न बस्यो भने शौचालय सहित शौच गर्न बसेको व्यक्ति सोझैमा खोलामा पर्ने ।
यस्ता जोखिम यूक्त ठाउँमा बनेको शौचालयलाई भने अव यहाँको वडा सरकारले विस्थापन गराउने भएको छ । यसका ठाउँमा नयाँ शौचालय बनाइदिने भएको छ ।