No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र पत्रकार संघ पर्साद्वारा केन्द्रीय सचिव गिरीलाई वीरगञ्जमा स्वागत तथा सम्मान

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ६, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र पत्रकार संघ पर्साद्वारा केन्द्रीय सचिव गिरीलाई वीरगञ्जमा स्वागत तथा सम्मान
Share on FacebookShare on Twitter

वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जबाट नेपाली चलचित्र उद्योगले थुप्रै अवसर लिन सक्ने चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव नविन गिरीले बताएका छन् ।

चलचित्र पत्रकार संघ पर्सा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गिरीले आर्थिक एवम् औद्योगिक नगरीबाट नेपाली चलचित्र उद्योगले अपेक्षित फाइदा लिन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उद्योग एवम् कलकारखानासँगै मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा परिचित वीरगञ्ज छायांकनसँगै चलचित्रको बजारका लागि उपयुक्त स्थान भएपनि निर्माता एवम् निर्देशकहरुको नजरमा नपरेको सचिव गिरीले बताए । गिरीले चलचित्र पत्रकार संघ पर्सा शाखा स्थापना भएसँगै संघका गतिविधिले वीरगञ्जमा पनि चलचित्रको बजार र गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

वीरगञ्जबाटै पत्रकारिताको शुभारम्भ गरेको स्मरण गर्दै गिरीले आफ्नो पूरानो कर्मथलोमै आउँदा संघबाट प्राप्त बधाई तथा शुभकामनाले आफुलाई थप काम गर्ने ऊर्जा मिलेको बताए । चलचित्र पत्रकार संघको केन्द्रमा सबै ऊर्जावान एवम् क्रियाशिल साथिहरु निर्वाचत भएको बताउँदै उनले यो कार्यकाललाई सबैले सम्झने योग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै शाखाहरुसँग समन्वय अभावका थुप्रै गुनासोहरु आएको बताउँदै उनले अहिलेको नयाँ कार्यसमितिले शाखालाई पनि सम्मानजनक व्यावहार गर्ने बताए ।

वीरगञ्जबाट पत्रकारिता शुरुवात गरेका गिरी काठमाडौंमा पुगेर चलचित्र विधामा स्थापित भई केन्द्रीय समितिको सचिवमा निर्वाचित भएकोमा भन्दै चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटेले खुशी व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ पर्सा शाखाको संगठन सुदृढीकरण र पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रबाट आवश्यक प्राविधिक लगायतका सहयोग गर्न पनि उनले सचिव गिरीलाई आग्रह गरेका छन् ।

चलचित्र पत्रकार संघ पर्सा शाखाका सचिव सूर्यनारायण वि.क.ले सचिव गिरीलाई टिका र खादासँगै मायाको चिनो र बधाई पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । साथै उनले वीरगञ्जमा चलचित्रको विकास र बजारीकरणका लागि संघले गर्ने क्रियाकलापमा केन्द्रको समन्वय र सहकार्य हुने अपेक्षा समेत गरेका छन् ।

सोही अवसरमा मध्यनेपाल मिडिया प्रा.ली.ले सचिव गिरीलाई स्वागत तथा सम्मान गरेको थियो । मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काले गिरीको लगनशिलता, ईमान्दारीता र निरन्तरताले अहिलेको उपलब्धी हाँसिल गर्न सफल भएको धारणा राखिन् । साथै गिरीलाई आफ्नै कार्यकालमा शाखा बिस्तारसँगै चलचित्रका गतिविधि बढाउन सुझाव दिएकी छन् ।

ShareTweetPin
Previous Post

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

Next Post

बाग्ले र दाहाल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Next Post
बाग्ले र दाहाल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बाग्ले र दाहाल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.