No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा जमरकटेलहरुले दुई करोडको सामुदायिक भवन बनाउने

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७९
in समाचार, समाज, स्थानीय
0
विराटनगरमा जमरकटेलहरुले दुई करोडको सामुदायिक भवन बनाउने
Share on FacebookShare on Twitter

विराटनगर । जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् ।

बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच लाख रकम प्रदान गरेको छ । भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर कोइरालाले आगामी आर्थिक बर्षमा महानगरले थप आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘जमरकटेल बन्धुहरु एकताबद्ध भएर सामुदायिक भवन बनाउँन जुट्नुभएको छ, यो एकदमै राम्रो कुरा हो,’ मेयर कोइरालाले भने, ‘सामुदायिक भवनका लागि यसपटक थोरै मात्र सहयोग गरिएपनि आगामी बर्ष महानगरले थप सहयोग गर्नेछ ।’

कार्यक्रममा जमरकटेल वंश एकता प्रतिष्ठानका अध्यक्ष कुमारमणी जम्मरकटेल, उपाध्यक्ष द्वय कृष्णप्रसाद जमरकटेल, थिरप्रसाद जमरकटेल र महासचिव उदयप्रसाद जमरकटेलले बन्धुहरु एकतावद्ध भएर सामुदायिक भवन निर्माणमा जुटेको भन्दै यसका लागि सहयोग गर्न सबैमा आग्रह गरे ।

जमरकटेल बंश एकता प्रतिष्ठानका सल्लाहकार एवं व्यवसायी राजु जमरकटेलले प्रतिष्ठानका लागि केही बर्षअघि बैजनाथपुरमा दुई कठ्ठा जग्गा प्रदान गरेका थिए । सोही जग्गामा सामुदायिक भवन बनाउँन लागिएको जमरकटेल बंश एकता प्रतिष्ठानका सचिव रविन कटेलले जानकारी दिए । उनका अनुसार भवनमा विभिन्न कार्यक्रम गर्न मिल्ने करिब तीन सय मानिस अट्ने क्षमताको सुविधासम्पन्न सभाहल बनाइनेछ । सो सभाहल जमरकटेल बंश एकता प्रतिष्ठानको प्रयोजनमा मात्र नभई कार्यक्रम गर्न अरुलाई पनि उपलब्ध गराइनेछ । दुई कठ्ठा क्षेत्रफलमा बन्ने सामुदायिक भवनमा तल्लो तला सभाहल हुनेछ भने दोस्रो तलालाई प्रतिष्ठानको प्रशासनिक काममा प्रयोग गरिनेछ । पर्याप्त पार्किङ क्षेत्रको व्यवस्था पनि मिलाइनेछ ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको संख्यामा जमरकटेलहरु छन् । महानगर लगायत सरकारी निकायहरुबाट थप सहयोग माग गर्ने र जमरकटेल बन्धुहरुबाट सहयोग संकलन गरेर सामुदायिक भवन निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष कुमारमणी जमरकटेलले जानकारी दिए ।

ShareTweetPin
Previous Post

विराटनगरबाट हुण्डी कारोवारमा संलग्न पक्राउ

Next Post

भेडेटारमा ३० करोड लगानीमा सिसाको ’स्काई वाक’ बन्दै

Next Post
भेडेटारमा किशोरीहरुको दुई दिने भेला सम्पन्न

भेडेटारमा ३० करोड लगानीमा सिसाको ’स्काई वाक’ बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.