इटहरी । नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराई लाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।
नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो ।
सभापतिको जिम्मेवारी पाएसंगै भट्टराईले सबै पक्षसँग सहकार्य गरेर संगठनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । नेविसंघको आन्दोलन र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा देखाउने सङ्गठन भएको पुष्टि गर्न आफू लागिपर्ने उनको भनाई छ ।


















