काठमाडौं । सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको हो ।
अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको जनाइएको छ । त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन् । त्यसको विवरण अहिले अर्थमन्त्रालय संकलन गरिरहेको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालयहरू सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरेको छ ।