इटहरी । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले इटहरीका प्रहरी सहायक हबल्दार समर तिवारीसहित दुईजनालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरले तिवारी र प्रहरी जवान पुजन राई माघ महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार समर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान पुजन राईलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।