धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा दुई संगठनबीच विवाद भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् ।
घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । थप उपचारका लागि भण्डारीलाई भने विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।