मेरो जिन्दगीमा तिमी आयौ र त मैले हाँस्न सिकेँ
तिम्रो न्यानो साथ पाए र त मैले बाच्न सिकेँ
यो जीवनमा खुसी ल्याएउ र त मैले हाँस्न सिकेँ
कल्पना मै भए पनि रमाउन मैले सिकेँ
मन्द तिम्रो मुस्कानमा हराउँदै बाच्न सिकेँ ।।
तिमिलाई हेर्न पाए खुसी हुन्थ्यो मन सधैँ
मध्यरातमा झस्किएर कराएको हुन्छु सधैँ
यस्तै एक्लै सपनीमा रमाउँदै बाच्न सिकेँ
यसै गरी यादहरूमा हराउँदै बाच्न सिकेँ ।।
दुनियाँमा स्वार्थी छन् आजभोलि पैसाले
जब गाएउ तिमीले मायाको गीत र त मैले नाच्न सिकेँ
बाच्नु कुनै रहर थिएन मर्नु नै त छ एक दिन आखिर
जब सिकाएउ बाच्नुको अर्थ अनि माया साँच्न सिकेँ ।।
धेरै छन् यहाँ दुखेको घाउमा नुन चुक छर्किने
त्यसैले त दुनियाँको सामु आफ्ना पीडा ढाक्न सिकेँ
मेरो जिन्दगीमा तिमी आयौ र त मैले हाँस्न सिकेँ
तिम्रो न्यानो साथ पाए र त मैले बाच्न सिकेँ ।।