No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटाको भीरगाउँमा प्रसूति सेवाको सुरुवात

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १, २०७९
in मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
धनकुटाको भीरगाउँमा प्रसूति सेवाको सुरुवात
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउँन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको हो । प्रसूति गराउँन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउँन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘नगरपालिकाकै आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एसबीए तालिम प्राप्त दक्ष अनमी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरेका छौं,’ नगर प्रमुख तामाङले भने, ‘वर्थिङ सेन्टर सुरु भएपछि भीरगाउँ स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले भीरगाउँबासीलाई निकै सजिलो भएको छ ।’

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासी हर्षित छन् । स्वास्थ्य चौकीमा प्रसूति गराएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिइन् । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले जानकारी दिए ।

योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पताल बाहेक दुई वटा वर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

ShareTweetPin
Previous Post

मोरङ र झापाबाट प्रतिबिन्धित लागुऔषध सहित तीन जना पक्राउ

Next Post

उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र साह निर्वाचित

Next Post
उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र साह निर्वाचित

उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र साह निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.