इटहरी । माघ २८ गतेबाट अडिसन हुन लागेको मिस नेपाल २०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले पत्रकार सम्मेलनमार्फत आग्रह गरेको छ ।
सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो । अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पु¥याउन क्षेत्रीय अडिसनको थालनी गरेको आयोजकको भनाई छ ।
माघ २८ गते शनिबार ‘मिस नेपाल–२०२३’ को पहिलो अडिसन इटहरीमा हुनेछ । पत्रकार सम्मेलनमा ‘मिस नेपाल इन्टरनेसनल २०२२ कि बिजेता न्यान्सी खड्का र ‘मिस नेपाल अर्थ २०२२’ कि बिजेता सरिशा श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

















