इटहरी । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक भएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानले स्वर दिएकी छिन् ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर भिन्न लुक्समा कवितासँग रोमान्टिक अवतारमा प्रस्तुत भएकाछन् । फिल्मी शैलीमा तयारी पाएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् ।
गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले गरेका छन् ।

















