संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र एक जना कामदारको मृत्यु भएको छ । भने, २ जना घाइते भएका त्यहाँका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जानकारी दिए ।
चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् ।

















