इटहरी । धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर कम्तिमा १३ जना मानिस घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । जसमा केहीको अबस्था गम्भिर रहेको स्थानीय प्रसासनले जनाएको छ ।
शनिबारको महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । खरेल आउने भएपछि धनकुटाको तल्लो टुँडिखेलमा आयोजित कार्यक्रममा मान्छेको अत्यधिक भीड लागेको थियो ।
मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो ।

















