No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना

फलैचा न्यूज by फलैचा न्यूज
माघ ८, २०७९
in कृषि, मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना
Share on FacebookShare on Twitter

ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध विकास गरेर बजार जोड्ने काम भइरहेको समृद्धि आयोजनाका आपूर्ति श्रृंखला सुपरीवेक्षक नवराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको प्रभावका कारण ओखलढुंगा सदरमुकाम र काठमाडौँमा कारोबार गर्ने जिल्लाका मुख्य व्यापारीसँग किसान समूहले सोझै पहुँच राख्न थालेका छन् ।

समृद्धि आयोजनाले किसान समूहलाई बजारसँग जोड्न थालेपछि किसानहरु सामुहिक बजारीकरण गरेर उत्पादित खसीबोका बिक्री गर्ने परम्पराको अभ्यास गर्न उत्साहित देखिएका छन् । सामुहिक रुपमा खसीबोका संकलन गरेर बिक्री गर्दा खसीबोका व्यापारीले मूल्य बढी दिने अवस्था देखिएको सिद्धिचरण नगरपालिका १ तलुवाको मैतदेवी बाख्रापालक किसान समूहका अध्यक्ष हर्कबहादुर घिमिरेले जानकारी दिनुभयो ।

हेरेकै भरमा मोलमोलाइ गर्दा बाख्रापालक किसान ठगिने समस्या समाधान गर्न समृद्धिले जिउँदै खसीबोका जोखेर किनबेच गर्ने चलन पनि जिल्लामा सुरुवात गरिसकेको छ । समृद्धिको अगुवाईमा जिल्लामा २ वर्षअघि सिद्धिचरण नगरपालिका १० बेतिनीमा रहेको नमुना बाख्रापालक किसान समूहबाट जिउँदै जोखेर किनबेच सुरु भएको थियो । अहिले त्यसको प्रभाव जिल्लाभर देखिएको उक्त समूहका अध्यक्ष घनश्याम बाँस्तोलाले बताउनुभयो ।

आयोजनाले जिल्लामा तरकारीका क्षेत्रमा पनि काम गरिरहेको छ । तरकारीलाई पनि बजार जोड्ने काम भइरहेको समृद्धि आयोजनाले जनाएको छ ।

ShareTweetPin
Previous Post

मौसम बदली : हिमपातसँगै वर्षा हुने सम्भावना

Next Post

प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधी सुदुरपश्चिमलाई

Next Post
प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधी सुदुरपश्चिमलाई

प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगिताको उपाधी सुदुरपश्चिमलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.