No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांसद शर्माको पहलले गोठगाउँमा अस्पतालको सेवा विस्तार

फलैचा न्यूज by फलैचा न्यूज
माघ ४, २०७९
in मुख्य समाचार, समाचार, स्वास्थ्य
0
सांसद शर्माको पहलले गोठगाउँमा अस्पतालको सेवा विस्तार
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा मंगलबार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले गमलामा पानी हालेर संयुक्त रुपमा अस्पताल सेवा विस्तारको शुभारम्भ गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो ।

डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको गुनासो गर्दै आएका थिए । तर, अब दैनिक ८ घण्टा अनिवार्य रुपमा अस्पताल सञ्चालन गर्ने गरी अस्पताल सेवा विस्तार गरिएको हो । जाडो सिजनमा बिहान १० देखि ४ र बाँकी समय बिहान ९ देखि ५ बजेसम्म अब अस्पताल खुल्नेछ । पहिले आंशिक रुपमा मात्र बस्दै आएका डाक्टरहरु अब अनिवार्य रुपमा दैनिक ८ घण्टा अस्पतालमा बस्नेछन् ।

अस्पतालको सेवा विस्तार गर्दै त्यहाँ मेडिकल कलेज सञ्चालन गराउँन सांसद डा.शर्माले जवरजस्त पहल गरिरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाई चुनावी एजेण्डानै बनाएर आएका सांसद शर्मा निर्वाचित भएदेखिनै यो विषयमा लागिपरिरहेका छन् । डा.शेखर कोइराला लगायतले उनलाई साथ दिइरहेका छन् ।

पहिलो चरणमा माघबाट सेवा विस्तार गर्ने उनले यसअघि नै घोषणा गरेका थिए, सोही बमोजिम सेवा विस्तार गरिएको हो । अब, दोस्रो चरणमा २४ सै घण्टा अस्पताल चलाउने र तेस्रो चरणमा आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना छ । पूर्णकालिन अस्पतालसहित मेडिकल कलेज सञ्चालन हुँदा सो क्षेत्रबासीलाई धेरै फाइदा पुग्ने भएकाले जसरी पनि मेडिकल कलेज सञ्चालन गर्नेगरी लागिपरेको सांसद शर्मा बताउँछन् ।

तर, यो अभियान असफल पार्न जिम्मेवार व्यक्तिहरुनै लागिपरेको उनको आशंका छ । मन्तव्यका क्रममा पनि उनले यो विषय खुलाएका छन् । तोकिएको समयमै अस्पताल सञ्चालनका लागि आग्रह गर्दा नलागेपछि विश्वविद्यालय व्यवस्थापनका पदाधिकारीहरूसँग हात हालाहाल बाहेक सबै ढङ्गको झगडा भएको र अन्ततः कुरा मिलेर यो अवस्थासम्म आइपुगेको उनले खुलासा गरे ।

‘जति सजिलो ढंगले बाहिर बुझिएको छ, त्यत्ति सजिलो गरी हामी यहाँसम्म आइपुगेका छैनौँ,’ सांसद शर्माले भने, ‘अस्पताललाई पूर्णकालिन बनाएर मेडिकल कलेज चलाउन एक्लैको पहलले मात्र सम्भव छैन, सबै जना जुट्यौँ भने सम्भव छ, सबै जना लागि परौं ।’

यसअघि पनि उनले मेडिकल कलेज सञ्चालन गर्न असहयोग गरिएमा अस्पताल अगाडि टेन्ट टाँगेर धर्नामा बस्ने चेतावनीसमेत दिएका थिए । उनले अस्पताल व्यवस्थापन र कर्मचारीहरुलाई पनि बेग्ला बेग्लै छलफल गरेर मेडिकल कलेज सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

यसको जस आफुलाई नचाहिएको दावी गर्दै आएका उनले अन्य राजनीतिक दललाई पनि सहयोगका लागि अपिल गर्दै आएका छन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ प्रहरी प्रमुखले गरे पदभार ग्रहण

Next Post

श्रम मन्त्री अर्याल संलग्न रहेको मेनपावर कम्पनीको वेबसाइट नै बन्द

Next Post

श्रम मन्त्री अर्याल संलग्न रहेको मेनपावर कम्पनीको वेबसाइट नै बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.