भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, घट्यो इन्धनको मूल्य

रामधुनी । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

शुक्रबार आईओसीले पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको हो ।

यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here