No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी क्षेत्र नं. ३ मा भगवतीको ऐतिहासिक जित, ३१ वर्षपछि ढल्यो कांग्रेसको रुख

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १३, २०७९
in प्रतिनिधि–प्रदेश सभा निर्वाचन विषेश, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरी क्षेत्र नं. ३ मा भगवतीको ऐतिहासिक जित, ३१ वर्षपछि ढल्यो कांग्रेसको रुख
Share on FacebookShare on Twitter

रामधुनी। तेश्रो पटकको अथक प्रयासपछि भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ बाट ऐतिहासिक जित दर्ता गरिन्। यस अघि २०७० र ०७४ सालको निर्वाचनमा बिजयकुमार गच्छदारसँगको प्रतिष्पर्धामा झिनो मतान्तरले पराजय व्यहोरेकी चौधरीले यो पटकको निर्वाचनमा अत्याधिक मत प्राप्त गर्दै विजय हाँसिल गरिन् ।

गत मंसिर ४ गतेको आम निर्वाचन घरदैलोका क्रममा जनता माझ जाँदा दुई पटक जितेपनि धाँधली गरेर हराइएको, अदालतले समेत न्याय नदिएको भन्दै यो पटक ‘ढाकी भरभरके’ बढी भन्दा बढी भोट दिनुस भनेकी चौधरीलाई जनताले उनकै शब्दमा ‘ढाकी भरभरके’ मत दिए ।

मंगलबार साँझ अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी छन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । ०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ब्रेक लागेको छ ।

 

०४८ सालदेखि लगातार एउटै व्यक्तिलाई जिताएर पठाउँदा पनि आफ्नो क्षेत्रको समुचित विकास नभएकोमा जनता यस पटक गच्छदारसँग बढी नै रुष्ट थिए । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले ‘यस पटक अन्तिम पटक’ भन्दै भोट मागेपनि वाक्क भइसकेका जनताले भगती चौधरीलाई नै रोजे । ३१ वर्षदेखि लगातार ६ वटा चुनाव जितेर १३ पटक मन्त्री भएपनि गच्छदारले आफ्नो क्षेत्रको लागि केही गर्न नसकेको स्थानियको आरोप छ ।

त्यससँगै पार्टीभित्र सधैं आफु मात्र शक्तिमा रहने तर, नेता कार्यकर्तालाई ‘माखो’ नगन्ने गच्छदारको प्रवृत्ति भएकैले ३५ वर्षदेखि साथ दिँदै आएकाले पनि छोडेर भगबती चौधरीलाई साथ दिएका थिए । यो क्षेत्रका पुराना कांग्रेसीहरु एमालेमा समाहित भएका छन् ।

को हुन् भगबती चौधरी ?

वर्गिय, क्षेत्रीय र लैङ्गिक असमानताले गाँजेको समाजबीच पूर्वी नेपालको सुनसरी जिल्ला स्थित साविक औरावनी गाउँपालिका वडा नं. २ मा भगबती चौधरीको जन्म भएको हो ।

लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय सुनसरी निवासी भगवती चौधरी राजनीतिमा स्थापित नाम हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ लाई आधार क्षेत्र बनाएर नेकपा एमालेको राजनीतिमा सक्रिय चौधरी लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न लागि पर्ने महिला हुन् ।

सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनी रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तल्लिन छ । आर्थिक अधिकारबाट वञ्चितिकरणमा परेका विपन्न समुदायका महिलाको अनुहारमा खुसी ल्याउन आर्थिक सशक्तिकरणकी अभियान्ता भगवती चौधरी हरवखत कोशिष गरिरहेकी छिन् ।

चौधरी पूर्वी तराईको अल्पसंख्यक जनजाती थारु समुदायको परिवारमा जन्मिएकी हुन् । परिवारकी कान्छि छोरी उनी सानै उमेरदेखि सहयोगी भावनाको थिइन् । मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी उनी आफ्नो परिवारमा मात्रै होइन, छरछिमेक र समुदायमा पनि छोरीको शिक्षा र हकका लागि लड्थिन् ।

हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाएकी उनलाई आफुजस्तै उमेरका केटाकेटीहरु खासगरी मुसहर समुदायका बालबालिका विद्यालय जानबाट वञ्चित भएको देख्दा असाध्यै दुःख लाग्थ्यो । उहाँमा साथीहरु र दिदी–बहिनीको शिक्षाका लागि अभिभावकसँग मुकाविला गर्ने क्षमता सानैदेखि थियो । अहिले पनि विद्यालय शिक्षाबाट वञ्चित भएका डेढ सय बालबालिकालाई आफ्नै क्षत्रछायाँमा शिक्षादिक्षा दिइरहेकी छिन् । साथै, आजका युवाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँमै प्राविधिक कलेज समेत स्थापना गरिदिएकी छिन् ।

बंगलादेशका नागरिक नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुसबाट प्रभावित भएर ग्रामिण आर्थिक सवलीकरण, महिला उत्थान र सामाजिक कार्यमा समर्पित नेतृ चौधरीले देशका तीन लाख बढी महिलामा वित्तीय पहुँच पुर्याएकी छिन् । ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतनाहरु फैलाउँदै फरवार्ड माइक्रोफाइनान्सबाट ग्रामिण महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा दिनेश चौधरी स्मृति प्रतिष्ठानमार्फत सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छिन् ।

स्पष्टवक्ता, कुशल नेतृत्वकर्ता भगवती चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन् । चौधरीसँग महिला सशक्तिकरण, ग्रामिण अर्थतन्त्र सवलीकरण र युवा स्वरोजगारका विषयमा योजना र लक्ष्यहरु रहेका छन् ।

अध्ययन, तालिम र विभिन्न कार्यक्रममा सिलसिलामा २२ भन्दा बढी देश पुगिसकेकी चौधरीले आफुलाई स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत उभ्याउने अभियानमा छिन् । विभिन्न अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठिहरुमा सहभागी हुँदा उनको भूमिका र प्रस्तुति सशक्त हुने गरेको छ ।

यूनिसेफले बंगलादेशको ढाकामा गरेको बालबालिका शिक्षा सम्बन्धि तालिममा महत्वपुर्ण रुपमा सहभागीता जनाएकी चौधरीले जर्मन, इटाली, अष्ट्रेलिया, ब्राजिल जस्ता मुलुकले मारेको आर्थिक विकासको फड्कोबाट नेपालले कसरी लाभ लिन सक्छभन्ने अध्ययन गरेकी छिन्भने नेपालमा आफ्नो संस्थाले गरेको प्रगतिको कथा सुनाउन उनी विश्वका विभिन्न मुलुकहरु गइरहन्छिन् ।

सामाजिक र आर्थिक रुपमा भगवती चौधरी जति प्रसिद्ध छिन् राजनीतिक रुपमा पनि उत्तिकै चर्चित छिन् । जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेकी चौधरी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा पनि छिन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भएकी थिइन् ।

सुनसरी क्षेत्र नं.३ का जनतालाई गरिबीको रेखामुनीबाट उकास्दै विकासको राजधानी बनाउने सपना चौधरीले देखेकी छिन् । निर्यातमुखी कृषि, युवा स्वरोजगार र प्राविधिक शिक्षाको मुल नारा लिएर चुनावी मैदानमा उत्रिएकी चौधरीले जनताको विश्वासको मतलाई धोका नदिने बताएकी छिन् ।

Tags: भगवती चौधरी
ShareTweetPin
Previous Post

मधेस प्रदेशमा ४ हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइने

Next Post

‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’ : मेयर शाह

Next Post
‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’ : मेयर शाह

‘सुकुम्वासी तपाईंलाई भोट बैंकमात्रै रहे’ : मेयर शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.