रामधुनी । मत गणना स्थगित भएको सुनसरी क्षेत्र नम्बर ४ मा अझै विवाद समाधान भएको छैन । सुनसरी ४ मा शनिबार बेलुका ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन नसक्दा सुनरी क्षेत्र नम्बर ४ को मतगणना अन्योलमा परेको हो ।
बराहक्षेत्र–८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।
सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि विवादबारे निर्वाचन आयोगमा जानकारी गराएकाले निर्णय पर्खिएर बसेको बताए छ । यो क्षेत्रमा कांग्रेसका कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

















