रामधुनी। जनता समाजवादी पार्टी सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार परशुराम बस्नेत बराहक्षेत्र नगरपालिका वडा नं. १०, भुटाखाल र इटहरी उपमहानगरपालिका १७ पकलीमा बसेर आफ्नो जीबनयापन चलाइरहेका छन् ।
नेपाल सरकारको सरकारी सेवामा सामान्य प्रशासन, आर्थिक प्रशासन, योजना, आर्थिक व्यवस्थापन, लेखा र लेखापरिक्षणको क्षेत्रमा २५ वर्ष बिताएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट स्नातक (अर्थशास्त्र) शिक्षा हासिल गरेका छन् ।
बस्नेतले आफ्नो जिबनकाल मा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गरेर आफ्नो कुसलता प्रस्तुत गरिसकेका छन् खस समावेशी राष्ट्रिय पार्टीको पूर्व महासचिव, संघिय समाजवादी फोरम, नेपालको केन्द्रीय सचिव हुदै हाल जनता समाजवादी पार्टी, नेपालमा केन्द्रीय कार्यकारिणी सदस्य एबं प्रदेशनं.१ को सह ईन्चार्जको जिम्मेवारीमा रहेका बस्नेत ले २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा संघिय समाजवादी फोरम, नेपालको केन्द्रीय सचिवको हैसियतले प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिक निर्वाचन तर्फ संयोजक भई निर्वाचन आयोग र पार्टीको काम कारवाहीमा समन्वय गरी व्यवस्थित तथा विबाद रहित ढंगले निर्वाचन कार्य सम्पन्न गराएका थिए ।
देशमा परिवर्तन ल्याउनका लागि एमाले र जनता समाजवादी पार्टीले नै जित्नु पर्ने भएकाले आफू पनि निर्वाचनमा उठेको उनले बताए । नेकपा एमालेले आफूलाई पूर्ण समर्थन गरेको उनले बताए । उनले आफूले आज सम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
यस्तै, उनले निर्वाचनमा विजयी भएमा स्थानीय श्रोत र साधानको पहिचान गरी उच्चतम उपयोग गर्दै समुन्नत, संमृद्ध शिक्षित, स्वरोजगार एवं विकसित समाज निर्माण गर्न र राज्य प्रदत्त उत्पादनका साधानहरु र राष्ट्रिय जिवनका सबै उपलब्धीहरु सबैले समानरुपमा विनाभेदभाव प्राप्त गर्ने व्यवस्था मिलाउदै पर्यावरणिय सन्तुलन कायम गर्दै सामाजिक उत्तरदायीत्व सहीतको समाज र समग्र राष्ट्रिय खुशीका सुचाँकहरु उच्च रहेको राष्ट्र, समाज निर्माण गर्दै देश र जनता प्रति उत्तरदायी भई राजनितिलाई सेवाको क्षेत्र हो भन्ने हृदयगंम गरी देश र जनताको सेवामा बाँकी जिवन समर्पण गर्ने उद्देस्य रहेको उनले बताए ।

















