विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीलाई मोरङ क्षेत्र नं ६ ख को उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार वन्ने छन् ।
सत्ता गठबन्धनले मोरङ क्षेत्र नं ६ मा कांग्रेस नेता डा.शेखर कोइरालालाई उम्मेदवार बनाउने छ भने, क्षेत्र नं ६ क मा नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई उम्मेद्वार बनाउने छ ।

















