इटहरी । बहुचर्चित इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा एमाले पार्टीले उपेक्षा र अहंकार जमाएको भन्दै नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि एतिवेला विभिन्न टीकाटीप्पणी भइरहेका छन् ।
एमालेको सम्पन्न महाधिवेसन पछि लामो समयसम्म आफूलाई पार्टीले उपयुक्त जिम्मेवारी नदिएको साथै आफूमाथि आक्रमण समेतको प्रयास भएपछि आफूले पार्टी परित्याग गर्नुपरेको उनले उल्लेख गरेका छन् ।
उसो त आफ्नो जीवनकालको लामो समयसम्म एमालेको पार्टी राजनीतिमा होमिएका चौधरीको माओवादी प्रवेश अप्रत्यासित थियो । तत्कालिन नेकपा हुँदाका बखत प्रचण्ड माधव समुहमा रहेका तर एमाले फुटमा माधव नेपाललाई साथ नदिएका चौधरी पार्टी भित्र विपक्षी कित्तामा उभिएका नेता हुन् ।
विचमा नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा चलेपनि चौधरीले एमालेमै रहने बताउँदै आएका थिए । उनै बहुचर्चित मेयर अहिले एमाले त्यागेर माववादी प्रवेश गरेपछि अहिले पूर्व खास गरि इटहरीमा बधाई तथा सुभकामना दिनेको घुँइचोलाग्ने गरेको छ । शुक्रबार भने उनि आफैंले चाडबाड विषेश सुभकामना आदप्रदान कार्यक्रको आयोजना गरेपछि विभिन्न पार्टीका नेता कार्यकर्ताले सुभकामना व्यक्त गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले बाहेकका अन्य पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले द्वारिकलाल जुनसुकै पार्टीमा गएपनी जनताको साथ रहने विस्वाश व्यक्त गरेका छन् ।

















