धनुसा । जनकपुरधाममा भिषण आगलागी भएको छ । सोमबार राति जनकपुर कदम चोकमा रहेको हेलमेट पसलमा लागेको आगोले सँगै रहेका तीन घरमा समेत क्षति पुगेको छ ।
आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेमा गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका सिनुरजोडाका २२ वर्षीय सुभाष यादव रहेका छन् ।
आगलागीमा परेका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको छैन । यादवको उपचार जनकपुरमा सम्भव नभएपछि काठमाडौं लगिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।

















