काठमाण्डौ । चाड पर्वको अवसरमा फोनपेले दशैँमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्न सक्ने छन् । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुको समेत व्यवस्था रहेको छ ।
आगामी यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नेछन्।
आईएमई पे र फोन पेबीच भएको सम्झौतामा यो अफरको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सम्झौता पत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष श्री आमोद भट्टराई तथा फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट म्यानेजर श्री रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

















