No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

थारु समुदायले अब अभावका गीत गाउने होइन: सहरी मन्त्री चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १९, २०७९
in राजनीति, राष्ट्रिय, समाचार, हेडलाइन
0
थारु समुदायले अब अभावका गीत गाउने होइन: सहरी मन्त्री चौधरी
Share on FacebookShare on Twitter

काठमाडौ । सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् ।
बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरुको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘हामीले जहिले दुःखका कुरा ग¥यौँ । अभावका कुरा ग¥यौँ । जाँड खाएर आफु बिग्रिएका कुरा ग¥र्याैँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’

देश बदल्ने हरेक आन्दोलनमा झापा देखि कन्चनपुरसम्मका थारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला भएको बताउँदै मन्त्री चौधरीले थपे, ‘०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउँने अभियानमा थारु जाती थप सक्रिय हुनैपर्छ ।’

०६२/६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको बताएका मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दावी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरु नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ती मोदी, सुरुंगा नगरपालिकाकी मेयर गिता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्र्यक्रममा एसइईमा विशिष्ट क्षेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।

ShareTweetPin
Previous Post

उदयपुर हत्याकाण्डः हत्यामा संग्लग्न व्यक्ति सार्वजनिक

Next Post

इटहरीमा चलचित्र ‘अभियान’को प्रिमियर शो हाउसफुल

Next Post
इटहरीमा चलचित्र ‘अभियान’को प्रिमियर शो हाउसफुल

इटहरीमा चलचित्र ‘अभियान’को प्रिमियर शो हाउसफुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.