No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

७२ जिल्लामा फैलियो डेंगी, सचेत रहन सबैमा आग्रह

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १७, २०७९
in समाचार, स्वास्थ्य, हेडलाइन
0
७२ जिल्लामा फैलियो डेंगी, सचेत रहन सबैमा आग्रह
Share on FacebookShare on Twitter

काठमाण्डौ । पछिल्लो समय डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको छ। डेंगीको संक्रमण फैदिएसँगैं जोखिम भएकाले अझै दुई महिना उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।

गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि भदौमै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए। उनका अनुसार अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने उनले बताए ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा फैलिएको छ । बागमतीमा २ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२ जनामा, प्रदेश १ मा १ सय ९८ जनामा, गण्डकी प्रदेशमा ८४ जनामा, सुदूरपश्चिममा ७७ जनामा, मधेस प्रदेशमा ५९ जना र कर्णाली प्रदेशमा २९ जनामा डेंगी संक्रमण देखिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै रहेको छ । वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाण्डौमा ५ सय ६५जनमा, रुपन्देहीमा ३ सय ९२ जनमा, भक्तपुरमा ८९ जनामा, तेह्रथुम र धादिङमा ७८ जनामा, सिन्धुलीमा ६३ जनामा, संखुवासभा ५७ जनामा, गुल्मी ५२ जना र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सबैमा आग्रह गरेका छन् । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामोसम्म पानी जम्मा गरेर नराख्न उनले सुझव समेत दिएका छन् । यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेंगी सार्ने लामखुट्टेले फूल पार्ने हुँदा बेला बेला पानी फाल्न र सफा गरिरहन उनले आग्रह गरेका छन् । यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फूल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । लामखुट्टे नियन्त्रण नै डेंगी रोकथाको मुख्य उपाय रहेको छ ।

यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले आग्रह गरेका छन् । डेंगी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान सेवन गर्न उनले सबैमा आग्रह गरेका छन् ।

 

Tags: इपिडिमियोलोजीकीटजन्य रोग निवारण शाखाडाक्टर गोकर्ण दाहालडेंगीको संक्रमण
ShareTweetPin
Previous Post

मेघगर्जन चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

Next Post

डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँले बढ्यो

Next Post
ट्रोलियम पदार्थको मूल्य बढ्यो

डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.