सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा निःसुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा वडाबासीलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो ।
नोवेल मेडिकल कलेज विराटनगरसंगको प्राविधिक सहयोगमा आयोजित शिविरमा वडा भित्रका २ सय ५० जनाले निःशुल्क स्वास्थ्य शेवा प्राप्त गरेका नेपाली कांग्रेस वडा सभापति घनस्याम न्यौपानेले जानकारी दिए ।
नेपाली कांग्रेस सुन्दरहरैंचा वडा नं ०५ समितिको समन्वयमा गरिएको नमुना सामुदायीक वनको भवनमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्यको चेक जाँच गराएपछि त्यहाँ आउने नागरिक खुसि देखिन्थे ।
शिविर पछि थप उपचार आवश्यक परेर रिफर गरिएका अति विपन्न, पिछडिएका नागरिकको शत प्रतिशत छुट र सामान्य नागरिकलाई ५० प्रतिशत छुटमा उपचार नोबेल अस्पतालले गरिदिने भएको छ ।
प्रातिष्ठानले मोरङका विभिन्न ठाँउमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

















