विर्तामोड । झापाको छुट्टाछुट्टै तीन स्थानबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै बुधबार बेलुका बिर्तामोड नगरपालिका–२ को चारपानेका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यता बुधबारै राति नै दमक नगरपालिका–९ को इँटाभट्टामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
को २९ प २२३४ नम्बरको मोटरसाइकलमा रहेका गौरादह नगरपालिका–१ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ब्राउनसुगरसहित पक्राउ परेका चारै जाना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

















