जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेको छ । बिहीबार साँझ ८ बजे देखि शुक्रवार बिहान ५ बजे सम्म सुनसरीका विभिन्न स्थानमा निषेध आदेश जारी गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरी नै निषेध आदेश जारी गरेको छ भने इटहरी उपमहानगरपालिकाको वडा नं ३, दुहबी नगरपालिकाको वडा नं १, ८ र ९ मा पनि उक्त आदेश जारी गरेको छ ।
यसैगरी, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी निषेध आदेशमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनिएको छ ।

















