सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ स्थापना दिवसको अबसर पारेर पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेस्ट्रि इकाई समितीले वृक्षारोपण गरेको छ ।
मंगलबार ५३ औं बर्ष पुगेको अबसरमा एक कार्यक्रममा बिच नेविसंघले विश्वविद्यालय परिसर भित्र बृक्षारोपण गरेको इकाई उपसभापति प्रनिश कार्कीले जानकारी दिए ।
प्रकृतिको सुन्दरता, हरावराका साथै प्रकृतिलाई जोगाउनका लागि वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
नेविसंघ स्थापना दिवशको अवसर पारेर केन्द्रीय समिति लगाएत विभिन्न कलेजमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

















