रामधुनी । कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउन पछि पहिलो पटक ३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
आइतबार शङ्घाईमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुने तीन जनाको उमेर ८९ देखि ९१ वर्षसम्मको रहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनको घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो ।