सुन्दरहरैंचा । मोरङ्गको सुन्दरहरैँचा ७ स्थित पुर्वाञ्चल बिश्वबिद्यालय कलेज अफ ईन्भारोमेन्ट एण्ड फरेस्ट्रीमा नेबिसंघ ईकाई समिति गठन गरिएको छ। बुधबार एक कार्यक्रमका विच अमिर कार्कीको सभापतित्वमा ३२ सदस्यीय समिति गठन गरिएको हो।
समितिको उपसभापतिमा प्रनिश कार्की र मनिष यादव चयन भएका छन्। यसैगरी समितिको शेखर धमला र प्रिया पाण्डे चयन हुँदा सहसचिवमा प्रतिष्ठा भण्डारी र हर्क तामाङ चयन हुँदा कोषाध्यक्षमा किशन कुमार तिवारी चयन भएका छन् ।
समितिको सदस्यहरुमा सामना सुवेदी, निकिता नेपाल, शैलेन्द्र न्यौपाने, आयुस आचार्य, उमेश महत, निरज राय, संगम कार्की, सनु कार्की, नुतन कुमार साह, बिक्रम कार्की, रचना सुवेदी, भगवती खड्का, एलिसा ओली, खुश्वु साह, पप्पु राउत, सरोज यादव, पुजा यादव, सिम्रन निरौला, जेनिशा श्रेष्ठ, सुस्मिता थेगिम, सुमन खड्का, अटल बुढाथोकी, जीवन राई र निश्चल पौडेल रहेका छन्।
इकाई समिति गठन कार्यक्रममा बोल्दै प्रमुख अथिति नेविसंघ केन्द्रीय प्रतिनिधि शंदेस भण्डारीले नेपाल विद्यार्थी संघमा आवद्द भएका विद्याथीहरुलाई सुभकामना व्यक्त गर्दै विद्यार्थीका हक अधिकारमा काम गर्नुपर्ने बताए । नेविसंघ ठुलो इतिहाँस बोकेको विद्यार्थीहरुको संघ भएकोले सम्पूर्ण फ्याकेल्टीमा समिति विस्तार गर्न निर्देशन दिएका छन् ।

















