बक्लौरी । रामधुनी खबर साप्तहिक पत्रिकाकाे आयोजनामा तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । गत चैत्र २८ गते सोमवारबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।
सुनसरी क्षेत्र नं २ क प्रदेश सभा सदस्य नवोदिता चौधरीको संसदीय कोषको आर्थिक सहयोग तथा रामधुनी खबर पत्रिकाको आयोजनामा सञ्चालित उक्त तालिम नेपाल पत्रकार महासंघका केद्रिय सदस्य अमर खड्काले दिएका थिए ।
तालिम समापन समारोहलाई संबोधन गर्दै रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतन्त्रताको रक्षा गर्न सकिने बताए । पत्रकार महासंघ पत्रकारको क्षमता अभिबृद्धिको लागि सक्रिय रहेको भन्दै उनले व्यवसायिक मुल्य मान्यता सहितको व्यवसायिक पत्रकारिताको विकासमा जोड दिए ।
‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिय पत्रकारिता गर्नु पर्छ ।’ पत्रकारितालाई नै व्यवसाय बनाएकाहरुले आफ्नो व्यसायिक क्षमता बृद्धि गरेन भने पत्रकारितामा पेशा नै टिक्न गाह्रो हुने भन्दै मेयर चौधरीले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
तालिम समापन कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, वडा नं १ का वडा अध्यक्ष महेश कुमार चौधरी, आदिवासी जनजाती पत्रकार महासंध सुनसरी अध्यक्ष नविन गुरुङ लगायतको उपश्थिती रहेको थियो ।
रामधुनी १ झुम्का स्थित घोङ्गी बगिया थारु भिलेजमा भएको तिनदिने आधारभुत पत्रकारिता तालिमा १२ जनाको सहभागिता रहेको थियो ।


















