धरान । सहारा नेपाल साकोसको २७ औ वार्षिक उत्सवको अवशरमा धरान सेवाकेन्द्र नं ४५ अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ । ७ बर्ष अघी अर्थात २०७२ माघ १ गते ४५ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र धरान स्थापना भएको सहाराले धरान १९ स्थीत यायोक्खा भवनमा एक कार्यक्रम गरी अहिले सम्मका उपलब्धीहरु सार्वजनीक गरेको हो ।
सहारा साकोस धरानकी शाखा प्रमुख प्रमिला अर्यालले धरान शाखाले ७ बर्षमा गरेको प्रगती विवरण प्रस्तुत गरेकी थिईन् । झापाको चारपाने बाट सुरु भएको सहारा नेपाल साकोस अहिले प्रदेश १ भरी आफ्नो कार्यक्षेत्र बनाएर ६ जिल्लामा ७७ वटा सेवाकेन्द्रबाट सेवा दिइरहेको अर्यालले जानकारी दिईन् ।
४५ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र धरान स्थापना भएको ७ बर्ष अवधीमा हाल सम्म २१ सय ९० जना शेयर सदस्य रहेकाछन । कार्य क्षेत्र धरान उपमहानगरपालिकाको २० वटै वार्ड र मोरङको केराबारी गाउपालिकाका वडा नम्बर ५ र ६ संगै २१ सय ५० समुहमा रहेको अर्याल जानकारी दिइन् ।
हाल ६ जना कर्मचारीहरु कार्यरत धरान शाखाले २१ सय ९० जना शेयर सदस्यहरुबाट १० करोड १२ लाख बचत र १६ करोड ७१ लाख ऋण प्रवाह गरेको छ । ऋण प्रवाह संगै यही आर्थिक वर्षमा बितरण गरेको कर्जा सुरक्षणको बारेमा समेत जानकारी गराइएको थियो ।
अर्यालका अनुसार यस बर्ष धरान शाखाबाट १२ जनालाई रु २४ हजार सुत्केरी भत्ता , ८ जना हात खुट्टा भाचिएकालाई १६ हजार , ३ जना सर्प कुकुरले टोकेको लाई ९ हजार , १ जना घर आगलागी भएका लाई ५ हजार , अपरेशन गरेका २२ जनालाई २२ लाख ,मरिमरौपरेका १४ जनालाई ७० हजार र १५ जनाको ऋण रु १८ लाख मिनाह भएको अर्यालले प्रस्तुत गरेको प्रगती विवरणमा उल्लेख गरिएको छ ।
शनिबार समूह न ७ कि सदस्य कबिता गुरुङ को श्रीमानको मृत्यु भएकोले ऋण मिनाहा गरिएको छ । संस्थाले आफ्नो सामाजीक दायित्व पुरा गर्नेक्रममा पहिलो लकडाउनमा धरान उपमहानगरपालिका को राहत कोषमा रु ५० हजार जम्मा गरेकोछ भने कोरोना संक्रमित भएका आफ्ना शेयर सदस्यहरुलाई पोषण युक्त खाधान्नहरु समेत बितरण गरेको थियो ।


















