No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २५, २०७८
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो ।

पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सिमित भयो । विराटनगरकालागि मिनस थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रनको योगदान दिए । राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, विश्वकिर्तीमानधारी बलर महबुव आलम र राहुल मण्डलले २–२ विकेट विकेट लिए । दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियोे । जनकपुरकालागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम, विशाल सुस्लीङ र रुपेश यादवले १०–१० रन बनाए । विरगञ्जकाकागि सम्शाद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए ।

७७ रनको झिनो लक्ष पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सिमित भयो । विरगञ्जकालागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे । जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लीङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

ShareTweetPin
Previous Post

प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

Next Post

प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण सम्पन्न

Next Post
प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण सम्पन्न

प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.