सुनसरी । काठमाण्डौ प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट बेवारीसे अवस्थामा रहेका ७ वटा मोटरसाइकल बरामद गरेको छ ।
भारतीय नाका बाट भन्सार छलेर ल्याएर नम्बर परिवर्तन गरेर चलाइरहेको भन्ने विशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाले खोजी गर्दा मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएका सबै मोटरसाइकल ( रोयल इन्फिल्ड ) रहेको र बरामद गरीएको मोटरसाइकलको मुल्य अन्दाजी २१ लाख रहेको प्रहरीले बताएको छ ।त्यस विषयमा अनुसन्धान र कारबाहीका लागी त्रिभुवन अन्तर्राष्ट्यि भन्सार कार्यालय गौचरण काठमाण्डौमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

















