सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक गोली चलेको हो ।
घटनास्थलमा गोली लागेर अन्दाजी ३० वर्षका एक युवक घाइते अवस्थामा फेला परेका छन् । घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको पहिचान खुल्न नसकेको र गोली कसले चलायो भन्ने विवरण आइ नसकेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

















