रामधुनी । इटहरीको राष्टिय जागृति क्लबको आयोजनामा इटहरीमा गोल्डकप हुने भएको छ । आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे आयोजकले जानकारी दिएको हो ।
क्लबका अध्यक्ष बासुदेव श्रेष्ठका अनुसार प्रतियोगिता चैत १९ गतेदेखि २६ गतेसम्म हुनेछ भने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।
आयोजक राष्टिय जागृति क्लब , मनाङ मस्याङ्दी क्लब काठमान्डौँ, नेपाल आर्मी क्लब काठमान्डौँ, झापा ११, मोरङ ११, न्युरोड टिम काठमान्डौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् ।
प्रतियोगितामा कुल लागत ५४ लाख लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको बिजेताले सात लाख हात पार्ने छन भने उपबिजेताले तिन लाख पचास हजार नगद हात पार्ने छन् ।

















